forum nepal jilla adhibeshan upendra yadav
इनरुवा माघ २०/संघीय समाजवादी फोरम नेपाल सुनसरीको प्रथम एकता जिल्ला अधिवेशन सुनसरीको इनरुवामा सुरु भएको छ ।
अधिवेशनको समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज उद्घाटन गर्नु भएको हो ।उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले एमालेका शिर्षस्थ नेताहरुको हठका कारण मुलुक दलदलमा फँस्दै गएको धारणा राखेका थिए ।

forum nepal jilla adhibeshan upendra yadav1
एमालेले तराई मधेशका केही क्षेत्रमा सभा गर्दैमा सिङ्गो मधेश एमालेमय बन्दै गएको बताउनु हास्यास्पद मात्रै भएको उनिहरुको भनाई थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधनवीना चुनावको औचित्य नरहेको धारणा राख्नु भयो । यादवले सबै दललाई समेटेर अघि बढेमात्र मुलुकको समृद्धि सम्भव हुने बताउनु भयो । उद्घाटन सत्रमा नेताहरु पर्शुराम बस्नेत, भगिरथ खत्वे, एसएन मेहता लगायतकाले सम्बोधन गरेका थिए । दुई दिन सम्म चल्ने अधिवेशनले जिल्लाको नयाँ नेतृत्व चयन गर्ने सचिव गुलाब शर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया