duhabi puran
दुहवी माघ २१/सुनसरीको दुहवीमा आयोजित श्रीमद् भागवत महापुराणमा ५१ लाख बढी रकम संकलन भएको छ ।माघ १४ गतेबाट संचालित श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञ एवं धान्याचल महोत्सव २०७३ मा नगद ५१ लाख बढी रकम संकलन भएको हो ।

बुढी गंगा विश्रान्ति आर्यघाट निर्माण सहयोगार्थ आयोजित भागवतमा दाताहरुबाट ५१ लाख बढी नगद संकलन भएको आर्थिक संयोजक दिपेन्द्र खतिवडाले जानकारी दिनुभयो ।स्थानीय समाजसेवी भगवति चौधरीको प्रमुख आतिथ्यमा पुराण समापन कार्यक्रममा दिइएको जानकारी अनुसार १० लाख मूल्य बराबरको ९ धुर जग्गा समेत दान प्राप्त भएको सचिव रमेशबाबु थापाले जानकारी दिइएको थियो ।अन्य केही दाताहरुले समेत रकम कबोल गरेकाले अनुमानित १ करोडको हाराहारीमा रकम संकलन हुने आयोजकको अनुमान छ ।लक्ष्मी नारायण मन्दिर पाञ्चाली बिराटनगरका मठाधिस स्वामी अच्चुत प्रपन्नाचार्यले भागवत कथा बाचन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया