काठमाडौं, २२ माघ । नेपाल टेलिकमले आज(शनिबार) देखि प्रिपेड सिममा पनि चौथो पुस्ताको इन्टरनेट (फोर जी) सेवा सञ्चालन गर्ने भएको छ ।टेलिकमले शनिबार मनाउन लागेको १३ औं वार्षिकोत्सव उद्घाटनपश्चात काठमाडौं र पोखराका प्रिपेडका ग्राहकलाई फोर जी सेवा सुरुको घोषणा गर्ने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

उनका अनुसार काठमाडौं र पोखरामा टेलिकमका ४० लाख ग्राहक छन् । यी मध्ये तत्काल दुई लाख प्रिपेडमा फोर जी सेवा दिन सकिने अनुमान टेलिकमको छ ।

टेलिकमको फोर जी सेवा लिन हालसालै लिएको सिमकार्ड अर्थात यूसिम हुनुपर्ने टेलिकमले बताएको छ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया