anuska ghimire antai nata
२२ माघ, रोशन पोखरेल विराटनगर। नेपाली गीत संगीत पारखीहरुका  लोक दोहोरीको भाकालाई सुरिलो भाकामा समावेश गर्ने क्रम  नव प्रवेशीको दिन प्रतिदिन आगमन भै नै रहेको छ यसै माझ भावना म्युजिक प्रा ली को प्रस्तुतिमा नव गायिका अनुष्का घिमिरेले नयाँ लोक दोहोरी गित अन्तै नाता बजारमा ल्याएकी छिन ।
गायिका अनुष्काको कर्णिप्रिय आवाजमा गायक सन्तोष धतानी ले आफनो आवाज सजाएका छन भने गितको शब्द तथा  संगीत  गायिका आफैले भरेकी छिन ।
विछोडको पिडामा रहेका प्रेमी प्रेमीकाको भावनालाई समेटेर तयार पारिएको भिडियो मा अभिनय भने अनुष्का घिमिरे र विमल अधिकारी को अभिनय भिडियोमा देख्न सकिन्छ । गितको मार्मिक भिडियो लाई राजेश घिमिरेले क्यामेरामा कैद गरेका छन भने विमल अधिकारीले निर्देशन गरेका छन । साथै कलाकारको अभिनयलाई जिवन्त राख्नको लागी भिडियोमा सुरज शाहिले सम्पादन गरेका छन । नयाँ गायिका भएपनि यस गितले दिन प्रति दिन रुपमा एल्वमको चर्चा चुलिदै  गएको गायिका घिमिरेले जानकारी दिइन ।

तपाईको प्रतिक्रिया