काठमाडौं, २३ माघ । पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रवाद र राष्ट्रियताका नाममा धेरै चर्को कुरा गरिरहेका छन् । धेरै नेपालीलाई पनि लागेको छ, एमाले अध्यक्ष ओली साँच्चै मुलुकको राष्ट्रियताका लागि लडिरहेका छन् ।

तर, एमाले अध्यक्ष ओलीले उग्र रुपमा चर्को राष्ट्रियताको कुरा गर्नुको र त्यही अनुरुपको गतिविधिमा संलग्न हुनुको पछाडिको रहस्य आम नेपालीले मात्र नभएर एमाले नेताहरुले पनि भर्खरैमात्र थाहा पाएका छन् ।

जब एमाले नेताहरुले ओलीको चर्को राष्ट्रवाद ओकल्नुको पछाडिको कारण थाहा पाए त्यसपछि भ्रमको पर्दा च्यातिए जसरी जिब्रो थोक्न थालेका छन् । ओलीको उग्र र चर्को राष्ट्रवादको नारा मुलुकको हितका लागि भन्दा पनि काँचको पर्दामा उतार्नका लागि हो भन्ने रहस्यको पर्दा हालै आएर च्यातिएको हो । माघ १६ गते माइतीघर मण्डलाबाट ओलीको राष्ट्रवाद उदङ्गो बनेको हो ।

एमाले नेताहरुलाई नै भ्रममा राखेर ओलीले चर्को रष्ट्रियताको नारा आफ्नो जीवनीमाथि बनिरहेको चलचित्र रातो सूर्यका लागि लगाइरहेको माघ १६ गते पुष्टि भयो । यतिबेला रातो सूर्यको छायकंन धमाधम भइरहेको छ । माघ १६ गते सहिद दिवसका दिन सबैभन्दा ठूलो राष्ट्रिय झण्डा माइतीघर मण्डलामा गाडियो । त्यो पनि राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई समेत सहभागी गराएर । माइतीघरमा एमाले अध्यक्ष ओली र राष्ट्रकविले राष्ट्रिय झन्डा गाडेको दृष्य चलचित्रमा समेटिएको छ ।

उक्त चलचित्रको स्क्रिप्टमा पहिले नै लेखिएको थियो, माइतीघर मण्डलामा राष्ट्रिय झन्डा गाड्ने । त्यही दृश्यको छायाकंन गर्न ओलीले राष्ट्रिय झन्डा र राष्ट्र कविको समेत दुरुपयोग गरे ।

तराई मधेसमा समेत ओलीको नेतृत्वमा राष्ट्रिय झन्डा फहराएको दृश्य फिल्ममा आवश्यक भएकाले फिल्म निर्माणकर्ताको योजनाअनुसार एमाले अध्यक्ष ओलीको दबाबमा मधेस अभियान सुरु गरिएको बताइएको छ ।

एमाले अध्यक्षको फिल्मी मोह देखेर अहिले एमालेमा समेत असन्तुष्टि बढेको छ । संसद्मा संविधान संशोधनको अवरोध पनि फिल्मी सुटिङका लागि भएको बताइएको छ । ‘सडकदेखि सदनसम्म र सहरदेखि गाउँसम्म नै नेकपा एमालेका कार्यक्रम पार्टीका नेता कार्यकर्ताले होइन, फिल्मी निर्माताले तय गर्न लागेका छन्’। एक एमाले नेताले भने ।देशान्तर साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया