काठमाडौँ। नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा जिएसएम तथा सिडिएमए प्रिपेड सेवाग्राहीलाई लक्षित गर्दै रिचार्ज कार्डमा बोनस योजना ल्याएको छ। आइतबार देखि जिएसएम तथा सिडिएमए प्रिपेड प्रयोगकर्ताले रिचार्ज गर्दा बोनस पाउने छन्। ३ दिनसम्म अर्थात बुधबारसम्म रिचार्ज गर्नेले बोनस पाउने टेलिकमले जनाएको छ।
जसअनुसार ५०, १ सय र २ सयको रिचार्ज गर्नेले १० प्रतिशत बोनस पाउने छन् भने ५ सय र १ हजारको रिचार्ज गर्नेले १५ प्रतिशत बोनस रकम पाउने छन्। टेलिकमले आज वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो।