इनरुवा माघ २३/सुनसरीको मधेशा ६ मा जारी शिव महापुराणमा ६ लाख बढी रकम जुटेको छ ।
गोमा दाहालले १ लाख १ हजार १ सय ५५ रुपैंया अक्षय कोषमा उपलब्ध गराउँदा मनमाया गुरागाईले १ लाख २ हजार एक सय ११ रुपैंया कोषकालागि दान गर्नुभएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार तथा योजना राज्य मंत्री सिताराम मेहताले समेत त्रिपुरेश्वर शिव मन्दिरको अक्षय कोषका लागि व्यक्तिगत तर्फबाट १ लाख १ हजार १ सय ११ रुपैंया सहयोगको घोषणा गर्नुभएको छ ।
पुराण श्रवणकालागि मधेशा पुग्नुभएका राज्यमंत्री मेहताले मन्दिर व्यवस्थापनकालागि यसअघि कबोल गरेको २ लाख ५० हजार सहयोग रकम समेत आगामी योजना अन्र्तगतको बजेटबाट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अक्षय कोषमा हेमनारायण चौधरीले समेत ११ हजार १ सय ११ रुपैंया सहयोग राषी उपलब्ध गराउनु भयो ।
९ औं दिनको पुराण अवधी सम्ममा अक्षय कोष सहितको रकम गरी ६ लाख २३ हजार ९ सय २० रुपैँया संकलन भएको त्रिपुरेश्वर शिव मन्दिर सेवा समितिका अध्यक्ष हेमनारायण चौधरीले जानकारी दिनुभयो । दीनबन्धु शास्त्री महाराजले पुराणमा कथा बाचन गरिरहनुभएको छ ।