काठमाडौं, २४ माघ । युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक सञ्चालनमा विवाद भएपछि पार्टी नेता माधवकुमार नेपाल पक्षधर पदाधिकारी र केन्द्रीय सदस्यले बहिस्कार गरेका छन् ।

तुल्सीलाल स्मृति प्रतिष्ठान, ललितपुरमा आइतबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकको उद्घाटन सकिएर बन्दसत्र सुरु भएलगत्तै नेपाल पक्षधर केन्द्य्रीय सदस्यले बहिस्कार गरेका हुन् ।

ैबैठकमा केन्द्रीय सदस्यहरुका तर्फबाट अञ्चल इन्चार्जहरुले रिपोर्टिङ सुरु भएलगत्तै पार्टीको निर्देशिका र निर्देशन बाझिने गरी अन्तरजिल्ला समन्वय विभागका तर्फबाट अञ्चलको रिपोर्टिङ आएको भन्दै उपाध्यक्ष दिलु पन्तको नेतृत्वमा नेपाल पक्षधरले होहल्ला गरेका थिए ।

‘हामीले पार्टीका पूर्वइन्चार्ज शेरधन राईले दिएको निर्देशन मान्ने कि नमान्ने भन्दै प्रश्न गरेर खारेज भइसकेका अञ्चलका रिपोर्टिङ नगरौं भन्यौं, तर उहाँहरुले नमानेपछि बैठक बहिष्कार ग¥र्यौं’, नेपाल पक्षधर संघका नारायणी अञ्चल इन्चार्ज ध्रुव यादवले भने ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया