nirbachan aayog electionकाठमाडौं, २४ माघ । जेठभित्रै स्थानीय तह निर्वाचन सम्पन्न गर्न तत्काल मिति तोक्न र स्थानीय तह पुनःसंरचना आयोग प्रतिवेदन अविलम्ब उपलब्ध गराउन निर्वाचन आयोगले सरकारसमक्ष आग्रह गरेको छ ।कम्तीमा १५ दिनको फरकमा दुई चरणमा निर्वाचन गर्ने भन्दै आयोगले जेठ १ र १९ को मितिसमेत प्रस्ताव गरेको छ ।

सरकारले निर्वाच्न तयारीका लागि लेखेको पत्रको तीन दिनपछि जवाफ दिँदै आयोगले ससर्त मिति प्रस्ताव गरेको हो । आयोगमा आइतबार भएको बैठकले मिति र प्रतिवेदन प्राप्त नहुँदासम्म चुनाव तायारीले तीव्रता नलिने निष्कर्षसमेत निकालेको छ ।

‘स्थानीय चुनाव अघि बढाउने सरकारको निर्णयलाई हामी धन्यवाद दिन्छौं तर, कार्यस्थलमा बन्दोबस्ती, जनशक्रि र अन्य आधारभूत पूर्वाधार तयारीका निम्ति निर्वाचन मिति र प्रतिवेदनबिना समस्या हुन्छ,’ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने ।

मतदान केन्द्र तोक्न आयोगलार्य प्रतिवेदन आवश्यक हुने उनले औंल्याए । आयोगले सरकारसँग् आवश्यक बन्दोबस्तीका लागि बजेटसमेत मागेको छ । सुरक्षाबाहेक निर्वाचनमा ५ अर्ब रुपैयाँ लाग्ने अयोग प्रारम्भिक अनुमान छ ।आजको नागरिक दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया