काठमाडौं, २४ माघ । राजधानीको ट्राफिक व्यवस्थापन गर्न सरकारले थोरै यात्रु चढ्न मिल्ने टेम्पो र माइक्रोबस हटाउने भएको छ । साना सवारीसाधनलाई धेरै यात्रु चढ्ने ठूला बसले विस्थापन गर्ने योजना बनाएको सरकारले तीन तहमा यसको व्यवस्थापन गर्न लागेको छ ।

पहिलो चरणअन्तर्गत चैत पहिलो सातादेखि गोंगबु–सिनामंगल रुटका टेम्पो र माइक्रोबस हटाएर त्यहाँ ठूला सवारीसाधन सञ्चालन गरिनेछ ।

प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न यातायात व्यवस्थ विभागले चरणबद्ध रुपमा साना सवारीसाधन विस्थापन गरी ठूला सञ्चानल गर्ने योजना बनाएको विभागका सूचना अधिकारी डा. टोकराज पाण्डेले बताए ।

पहिलो चरणमा गोंगबु–सिनामंगल रुटका ३५ टेम्पो र २६ माइक्रोबस हटाइनेछ । ६१ वटा सवारीसाधन हटाई तिनका ठाउँमा १७ वटा ठूला बस सञ्चालन गरिनेछ । यी बस नयाँ बसपार्क, सामाखुसी, जमल, ज्ञानेश्वर, मैतिदेवी, पुरानोबानेश्वर हँदै एयरपोर्ट पुग्नेछन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया