african lady beauty himba-tribe

विश्वमा केही यस्तो जाती छ, जो एकदमै अनौठा छन् । अफ्रिकाको दक्षिण नामिबियाको कुनैन प्रान्तमा बस्ने हिम्बा आदिवासी महिलाहरु कहिल्यै नुहाउँदैनन् । उनीहरुलाई नुहाउन मनाही छ । तर पनि अफ्रिकाको सबैभन्दा सुन्दर महिला मानिन्छन् ।

कुनैन प्रान्तमा बस्ने हिम्बा जनजातिका २० हजारदेखि ५० हजार मानिस छन् । हिम्बा आदिवासी महिला अफ्रिकाको सबैभन्दा सुन्दर महिला मानिन्छन् । तर यी आदीवासी महिलाहरुलाई नुहाउन प्रतिबन्ध छ । ती महिलाहरुले हात धुने समेत अनुमति पाउँदैनन् । हात धुनका लागि उनीहरुले पानी प्रयोग गर्न पाउँदैनन् ।

यद्यपी शरीर सुन्दर बनाउनका लागि यी महिलाहरुको आफ्नै खास तरिका अपनाउँछन् । जसका कारण यिनीहरु अफ्रिकाको सुन्दर महिला कहलिएका छन्। हिम्बा जनजातिका महिलाहरु नुहाउनका लागि खास जडिबुटी पानीमा उमालेर त्यसको धुँवाबाट आफ्नो शरीर फ्रेस बनाउँछन् । त्यसले शरीरको दुर्गन्ध हटाउनुका साथै राम्रो बास्ना दिन्छ ।

यी आदीबासी महिलाहरु आफ्नो छाला घामबाट बचाउनका लागि खास किसिमको लोशन प्रयोग गर्छन् । उक्त लोशन जनावरको तेल तथा हेमाटाइट घोलेर तयार गर्ने गर्छन् । हेमाटाइटले धुलोबाट बचाएर छाला रातो बनाइदिन्छ । यो लोशनले किराले काट्नबाट पनि बचाउँछ ।यी महिलाहरुलाई रातो मान्छेको नामले पनि चिनिन्छन् ।

african lady beauty himba-tribe1 african lady beauty himba-tribe2 african lady beauty himba-tribe3

तपाईको प्रतिक्रिया