Nobel-Peace-Prize-kailash malala

भारत। नोबेल पुरस्कार विजेता कैलाश सत्यार्थीको घरबाट नोबेल पुरस्कारको प्रमाणपत्र चोरी भएको छ। उनको घरमा चोरी हुँदा उनले प्राप्त गरेको नोबेल पुरस्कारको प्रमाणपत्र समेत चोरी भएको हो ।

सत्यार्थी एक कार्यक्रममा भाग लिन कोलम्बियाको राजधानी बोगोटा पुगेको समयमा उनको प्रमाणापत्र चोरी भएको हो । भारतीय प्रहरीले चोरकोखोजी भइरहेको बताए पनि अझैसम्म कुनै प्रमाण जुटाउन सकेको छैन् । नोबेल पुरस्कार विजेता सत्यार्थी दक्षिण–पश्चिम दिल्लीको अलकनन्दा अपार्टमेन्टमा बस्दै आएका थिए।

भारतीय सञ्चार माध्यमका अनुसार दिल्ली पुलिस र फोरेन्सिक विज्ञहरुले चोरविरुद्ध सवुत जुटाउनुका सथै घर नजिकको सीसीटीभी क्यामेराको फुटेज पनि मगाएका छन् । सत्यार्थीको नोबेल पुरस्कारको प्रमाणपत्र सहित घरका बहुमूल्य सामान समेत चोरी भएको समाचारमा जनाइएको छ।

 

तपाईको प्रतिक्रिया