akshya jolly-llb-2-1

२६ माघ, एजेन्सी ।बलिउड अभिनेता आफ्नो आगामी फिल्म ‘जोली एलएलबी–२’मा एक वकिलको भूमिकामा देखिँदैछन् । फिल्मको ट्रेलरमा उनको वकित भेषलाई लिएर अक्षय चर्चामा आए, जुन ‘लुक’ उनलाई सुहाएको पनि छ । तर, उनको यो ‘लुक’ को कहानी लामो छ।

भारतीय मिडियाको एक अन्तवार्ताका क्रममा अक्षयका डिजाइनर वीरा कपूरले उनको लुकको बारेमा बताएकी छिन् । वीराले भनिन्, ‘मैले धेरै वकिलहरुको तस्विरलाई एकत्रित गरे र तिनीहरुको ‘लुक’लाई अध्ययन गरे । जस्तै, पहिरन शैली, गर–गहना इत्यादि, त्यसपछि अक्षयका लागि सहि र ‘फाइनल लुक’ तयार पारेका हौँ।

रातो टिकाको रहस्य

डिजाइनर वीरा भन्छिन्, ‘जोली एलएलबी–२’मा लगाएको रातो टीकाले अक्षय धार्मिक र भगवानसँग डराउँछ भन्ने संकेत गर्छ । जोली एक यस्तो मान्छे हो, जो भगवानको पूजा गर्छ, हरेक दिन काममा जानअघि भगवानसँग प्राथना गर्छन् । यो स्वभावलाई देखाउनका लागि फिल्ममा अक्षयले रातो टिका लगाएका छन् ।’

धागो र जन्तर

वीराका अनुसार, फिल्ममा अक्षयको भुमिकालाई धार्मिक पात्रको रुपमा देखाउन धागो र जन्तरको सहयोग लिइएको छ। अक्षयको कमाईमा पनि धागोले बाँधिएको छ।

औँठी र घडी

akshya jolly-llb-2-2

डिजाइनर वीरा भन्छिन्, ‘अक्षयले फिल्ममा लगाएको औँठी इन्गेजमेन्टका लागि डिजाइन गरिएको छ । अक्षय एक संघर्षशिल वकिलको भूमिकामा छन् । त्यसैले उनले ब्रान्डेड घडीभन्दा सस्तो मुल्यको घडी लगाएका छन् । यो घडी एक सामान्य पसलबाट किनिएको छ । जुन घडीलाई अक्षयले पुरै फिल्ममा लगाएका छन् । ’

सुटमा अक्षय कुमार – अक्षयका लागि कालो सुट डिजाइन गरिएको छ । कालो कोटको भित्रतिर हल्का सेतो सट लगाएका छन् । अक्षयसँग जम्मा, २,३ वटा सेतो सट छ, जसलाई उनले बर्षौदेखि धुँदै लगाएका छन्, त्यसैले नयाँ देखिँदैनन् । अक्षयले सबै शहरका वकिलहरुको जुत्ता हेरे, र उनले सबैले आफ्नो अनुकूल जुत्ता लगाएको देखे । उनले पनि आफूले स्पोर्टस जुत्ता नै लगाउने बताए । यस्तो अवस्थामा हामीले मुम्बई र लखनाऊको सानो बजारबाट उनका लागि जुत्ता किन्यौँ ।

अक्षयले यस फिल्ममा जुँगा पालेका छन्, उनलाई फिल्मकै लागि भनेर दारी पाल्न सुझाइएको छ । सुभाष कपुरको निर्देशनमा बनेको फिल्म १० फेब्रुअरीबाट रिलिज हुँदैछ ।नेपालीहेडलाइन्सको सहयोगमा

 

तपाईको प्रतिक्रिया