२६ माघ, इटहरी। डिकुरा पब्लिकेसन र रेस मिडियाको आयोजनामा इटहरीमा हुन लागेको बृहत पुस्तक प्रदर्शनी तथा साहित्यीक महोत्सब माघ २८ गते देखि फागुन ७ गते सम्म हुने पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
भाषा–साहित्यको प्रवद्र्धन,संवर्धन,बिकास एवं सांस्कृती बिकाशका लागी पुस्तक पठन सस्कृतीको बिकास गर्ने कार्ययोजनासाथ डिकुरा पब्लिकेसन काठमाण्डौ र रेस मिडिया प्रा.लि. इटहरीको संयुक्त आयोजनामा हुनलागेको पुस्तक पर्दशनी तथा साहित्यीक महोत्सबमा १५ देखी ३५ प्रतिसतले छुट हुने पत्रकार सम्मेलनमा डिकुरा पक्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले जानकारी दिएको छ । समाज देश बिकासको लागी पुस्तक पढ्न अनिबार्य रहेको र दिन मा एक घण्ट पुस्तक पढ्ने बानि बसाले हाम्रो मस्तीकको पनि बिकास हुने समेत बाताएको छ ।
बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सवको यात्रा झापाको विर्तामोडबाट प्ररम्भ भएको मोरंग हुदै इटहरी पछी देशका विभिन्न मुख्य स्थानहरुमा पनी प्रर्शसन हुने बताए ।पुर्वाञ्चलका पुस्तकप्रेमी र साहित्य प्रेमीहरुलाई सहज होस भन्ने उद्धेश्यले बिर्तामोड,दमक,मोरङ्ग हुदै इटहरीमा पनीे बृहत पुस्तक प्रदर्शनी तथा साहित्यीक महोत्सव गर्न लागिएको रेस मिडियाका प्रबन्धक निर्देशक राम प्रसाद खरेलले बताए ।
बिभिन्न स्वदेश तथा बिदेशका सयभन्दा बढी प्रकाशन संस्थाका बिषयका ५ हजार भन्दा बढी शीर्षकका पुस्तकहरुको प्रदर्शनी हुने छ ।