raprapa kamal thapaकाठमाडौं, २७ माघ । राप्रपाको कपिलबस्तु जिल्ला अधिवेशन बेग्लाबेग्लै ठाउँमा भएको छ । एउटै अध्यक्ष बनाउनका लागि बोलाइएको संयुक्त अधिवेशन फरक–फरक ठाउँमा गरेर दुई अध्यक्ष चुनिएका हुन् ।

कमल थापा पक्षले वाणगंगा जलउपभोक्ता सिँचाइको सभाकक्ष र पशुपतिशमशेर राणा पक्षले बालमन्दिरमा अधिवेशन गरेर अध्यक्ष चयन गरेका छन् ।

सुरुमा दुवै पक्षले ५ सदस्यीय निर्वाचन समिति गठन गरे पनि पछि छुट्टाछुट्टै समिति गठन गरेका थिए । थापा पक्षले पूर्वजिल्ला अध्यक्ष नारायणबहादुर सिंहको अगुवाइमा अधिवेशन गरी झिन्कनप्रसाद कुर्मीको अध्यक्षतामा निर्विरोध ४१ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको निर्वाचन संयोजक प्रभुप्रसाद मिश्राले बताए । संयोजक मिश्राले अधिवेशनमा जिल्लाका प्रतिनिधिहरु सहभागी रहेको दाबी गरे ।

राणा पक्षधरले राप्रपा पूर्वअध्यक्ष राजेश सिंहको अगुवाईमा जिल्ला अधिवेशन गरी रामआशिष पाण्डेयको अध्यक्षतामा ३० सदस्यीय समिति गठन गेको निर्वाचन समिति संयोजक शैलेन्द्र कुमार दुवेले बताए । दुवै पक्षले आफ्नो जिल्ला अधिवेशन आधिकारिक भएको दाबी गरेका छन् ।आजको कान्तिपुरमा खबर छ।

तपाईको प्रतिक्रिया