trusted online casino malaysia
trusted online casino malaysia

Rishikesh-pokhrelमोरङ, २९ कार्तिक । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले मोरङ क्षेत्र नम्बर १ का एमाले सांसद ऋषिकेश पोखरेल र केन्द्रीय सदस्य महफुज आलममाथि मोरङको झुर्कियामा आईतबार आक्रमण गरेका छन् ।एमाले क्षेत्रिय कमिटिले झुर्कियाको पैयामारी प्राविमा आज शुभकामना आदान प्रदान तथा संबिधानको अन्र्तरवस्तुका बारेमा कार्यकर्तालाई जानकारी दिने कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा सहभागी भएर फर्कने क्रममा सांसद पोखरेल र केन्द्रीय सदस्य आलमलाई मोर्चाका कार्यकर्ताले ढुंगामुढा गर्दै आक्रमण गरेका हुन् ।ढुंगाले लागेर सभासद चढेको बा १३ च ३१४० नम्बरको बोलेरो जीपका सिसा फुटेको छ । सभासद पोखरेल र केन्द्रीय सदस्य आलम भने सकुशल छन् । आक्रमणबाट एमाले जिल्ला सचिवालय सदस्य रामलाल साहलाई भने सामान्य चोट लागेको छ । आफुहरु माथि मधेशी मोर्चाका नेता विनोद सिंह, उदय यादव र हरि शाहले नेतृत्व गरेको ४०/५० जनाको समुहले आक्रमण गरेको एमाले क्षेत्रिय सचिव गोपी चापागाईले जानकारी दिनुभयो ।उनीहरुलाई कारबाहीको माग गर्दै एमालेले इलाका प्रहरी कार्यालय सिजुवामा उजुरी समेत दर्ता गराएको छ । एमाले मोरङका अध्यक्ष महेश रेग्मीले घटना निन्दनीय भएको बताउनु भयो । घटनामा संलग्न मोर्चाका कार्यकर्ता अहिलेसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैबीच आक्रमणको बिरोध गर्दै एमालेले सोमबार सिजुवाको आम्बारी चोकमा बिरोध प्रदर्शन गर्ने भएको छ ।

 

तपाईको प्रतिक्रिया

trusted online casino malaysia