durga rai song music video
२७ माघ, इटहरी । नेपालि सुगम संगीतमा फेरी अर्को एक प्रतिभाको आगमन भएको छ l संगीतको दुनियामा नव प्रबेसीहरुको लर्कोमा एक अर्को नाम थपिएको छ-दुर्ग राई l आफ्नो जीवनको पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक गर्दै दुर्गको संगीत क्षेत्रमा औपचारिक सुरुवात भएको छ l
“म त जादैछु” बोलको उक्त गीतमा दुर्गको एकल आवाज सुन्न सकिन्छ भने गीतमा सब्द तथा संगीत हिरा राई को रहेको छ l डि थ्री प्रोडक्सन नेपालको उत्पादन रहेको सो भिडियो लाई धरान र इटहरी को रमणिय स्थानहरु मा छायांकन गरिएको छ l आफ्नो प्रिय व्यक्तिलाई छोडेर कतै जादाको क्षण र त्यो बेला सम्झिने अतितका रमाईलो पलहरु लाई आकर्षक ढंगले प्रस्तुत गरिएको भिडियोलाई सुवास संकल्प ले निर्देशन गरेका छन् भने आशिष लिम्बु र इशा परियार लाई भिडियोमा देख्न सकिन्छ l भिडियोलाई पछिल्लो समय निकै ब्यस्त निक बिष्टले छायांकन गरेका छन् भने सोम मग्रातिले मेकअप गरेका छन् l

तपाईको प्रतिक्रिया