२७ माघ, मोरङ। मोरङको सिजुवा-६ मा बुधबार धारिलो हतियार प्रहारबाट एक महिलाको हत्या भएको छ। सिजुवा-६ मुसहर बस्ती बस्ने उदय सुतिहारले मादक पदार्थ सेवन गरी आफ्नै पत्नी शान्ता सुतिहारको बुधबार दिउँसो १२ बजेतिर बसिलाले प्रहार गरी हत्या गरेका छन।

दुबै विच घरायसी वाद-विवाद हुँदा उदयले शान्तामाथी बसिलाले प्रहार गरेको स्थानीयले बताए। गम्भीर घाइते शान्ताको रंगेली अस्पतालमा साँझ ५ बजेतिर उपचारकाक्रमा मृत्यु भएको हो। बसिलाले हानेपछि उदय सुतिहारले बिषादी सेवन गरेका थिए। उनको कोशी अंचल अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया