bikal regmi hatpat२८ माघ, इटहरी। जनता बहुमुखी क्याम्पस इटहरीमा बिहीवार राष्ट्रिय प्रजातन्त्रीक विद्यार्थी संगठनका नेता बिकल रेग्मी माथि हातपात भएको छ । नयाँ शक्ती र संघिय समाजवादी फोरम निकट विद्यार्थी संगठनका जत्थाले राप्रविसंघका प्रभावसाली नेता रेग्मी माथी सुनियाजित आक्रामण गरेको राप्रविसंघ जनता बहुमुखी कलेज इकाई कमिटीले जनाएको छ ।

राप्रविसंघको पत्रकार सम्मेलनमा बोल्दै सचिब दिनेश काफ्ले क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको अधिकार कुन्ठीत भएको र क्याम्पसमा विद्यार्थीहरुको सुरक्षा नभएको क्याम्पस परिसर आतङ्कित भएको भन्दै दोषीलाई सिघ्र कार्वाहीको माग गरेका हुन ।

नयाँ शक्ती र संघिय समाजवादी फोरम निकट विद्यार्थीहरुले विभिन्न माग राख्दै विज्ञप्ती लेखेर त्यसमा जवरजस्ती हस्ताक्षर गराउन खोज्दा राप्रविसंघले हस्ताक्षर गर्न नमाने पछी विद्यार्थी नेता रेग्मी एक्लै भएको मौका छोपी सुनियोजित ढंगले हमला गरीएको राप्रविसंघले जनाएको छ ।

यस घटनाको घोर भत्र्सना गर्दै दोषिमाथी सिघ्र कार्वाहीको माग गर्दै राप्रविसंघ सुनसरी जिल्ला कमिटीले समेत विज्ञप्ती जारी गरेको छ ।

त्रिवीले फागुन १४ गतेको निर्वाचन गराउने घोषणा लगत्तै राप्रविसंघको राम्म्रो माहोल बनेको देखेर बिकल रेग्मीले स्ववियु सभापती जित्ने सम्भावना भएपछी अन्य विद्यार्थी संगठनका नेताहरुको नजरमा रेग्मी लगायत सहकर्मी नेताहरु तारो बन्दै गएको कलेजमा नाम नखुलाउने सर्तमा कलेजमा अध्यनरत एक विद्यार्थीले बताए ।

उनले थपे आफु हार्ने डरले यस्तो निन्दनिय कार्य गरेर केही संगठनले चुनाब हुन नदिई चुनावी मैदानबाट भागेको बताए । रेग्मीे सुनसरी जिल्लामा रहेका सम्पुर्ण ठुला राजनितीक दलका युवा तथा विद्यार्थी संगठनको नेतुत्व सहीतको संयुत युवा वद्यार्थी संघ को संयोजकको भुमिका गरेपश्चात सुनसरी जिल्लामा सर्बमान्य नेताको रुपमा चिनिदै आएका छन् ।

 

तपाईको प्रतिक्रिया