dups appleविश्वको सबैभन्दा मूल्यवान टेक ब्राण्डको रुपमा रहेको एप्पललाई पनि कहिलेकाहीँ एन्ड्रोइड अपरेटिंग सिस्टम तथा सामसुङ लगायतका स्मार्टफोन बाट विभिन्न फिचरहरु नक्कल गरेको आरोप लाग्ने गरेको छ । पेटेन्ट चोरी विवादमा एप्पलले सामसुङलाई विभिन्न समयमा क्षतिपूर्ति समेत तिर्ने गरेको छ । चोरीको मामिलामा कहिलेकाहीँ यसरी दोषी ठहरिने गरेको एप्पल आफै भने अन्य कम्पनीले गर्ने चोरीबाट निकै पीडित छ । एप्पलका धेरै फिचर्सहरु अन्य कम्पनीहरुले हुबहु चोरी गर्ने गरेका छन् ।

यसरी एप्पलका फिचर्सहरु अन्य कम्पनीले चोरी गर्ने मामिलामा आइफोनसबैभन्दा अगाडि छ । अन्य कम्पनीले नक्कल गरेका एप्पलका विभिन्न ग्याजेटका चर्चित ६ फिचर्स यी हुन्ः

१. फोर्स टच प्रविधिः हुवावेको पछिल्लो एन्ड्रोइड फोन फोर्स टच प्रविधिमा आएको छ । स्मार्टफोनको स्त्रिmनमा दिइने दबाबको मात्राको आधारमा कार्यमा भिन्नता ल्याउने यो प्रविधि एप्पलले पहिलोपटक आफ्नो स्मार्टफोन एप्पल वाचमा सुरु गरेको थियो । हुवावेको फोर्स टच प्रविधियुक्त स्मार्टफोनले पनि स्त्रिmनमा दिइने दबाबको मात्रालाई पहिचान गर्दछ । एप्पलले आफ्नो पछिल्लो आइफोन सिक्स एसमा प्रयोगमा गरेको थ्री डी टच प्रविधि पनि यहीँ प्रविधिमा आधारित छ ।

२. सुनौलो रंगको स्मार्टफोनः सन् २०१३ मा एप्पलले सुनौलो रंगको आइफोन फाइभ एस रिलिज गरेसँगै सुनौलो रंगका स्मार्टफोनका लहर नै चल्यो । यद्यपि सामसुंगले त्यसको धेरै अघि नै सुनौलो रंगको स्मार्टफोन ल्याइसकेको थियो तर एप्पलको फाइभ एस पछि मात्र यो रंगले ट्रेण्ड स्थापित गर्यो । लगत्तै सामसुंगले आफ्नो सुनौलो रंगको ग्यालेक्सी एस फोरको नयाँ भर्सन सार्वजनिक गर्यो भने एचटिसीले सुनौलो रंगको वन एम सेभेन ल्यायो भने एलजीको जी जू पनि गोल्ड भर्सनमा देखा पर्यो ।

३. डिजाइनः बजारमा विभिन्न कम्पनीका एन्ड्रोइड स्मार्टफोनहरु आइफोन सिक्स तथा सिक्स एस कै लुक्समा रहेका छन् । लेनोभोको एस ९० सिस्लेको डिजाइन पूरै आइफोन सिक्सको जस्तै छ ।

४. पातला ल्यापटपः एप्पलले सन् २०१० मा म्याकबुक एयर सार्वजनिक गरेसँगै हलुंगा, पातला तथा तिखो धारिलो मेटल डिजाइनका ल्यापटप लोकपि्रय भए । एचपी, एसस लगायतमाथि म्याकबुकको चोरी गरेको आरोप लाग्यो

५. स्मार्टवाचमा वृत्ताकार एप आइकनः सामसुडको गिएर एसटू स्मार्टफोनमा एप्पल वाचमा जस्तै वृत्ताकार एप आइकन रहेको छ । गिएर एस टू अन्य विभिन्न फिचर्समा भिन्न रहेपनि स साना फोका आकारका एप आइकन भने एप्पल वाच जस्तै रहेका छन् ।

६. हलुका ट्याबलेटः एप्पलले सन् २०१० मा आइप्याड सार्वजनिक गरेसँगै अन्य ग्याजेट कम्पनीहरुमा पनि पातलो भन्दा पातलो ट्याबलेट बनाउने होडबाजी चल्यो । यद्यपि एप्पलले ट्याबलेटको आविष्कार गरेको होइन तर यसले ट्याबलेटको डिजाइनमा भने क्रान्ति नै ल्याइदियो ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया