भक्तपुर।अन्तरलिगेंश्वर ७, सिरुटारकी १४ बर्षीया बालिका बलात्कृत भएकी छन् । सागरनाथ ७ सर्लाही घर भई सिरुटारमा ज्यामी काम गर्ने अभिभावकसँग बसेर कक्षा ५ मा अध्ययनरत बालिका छिमेकीबाटै बलात्कार भएकी छन् । बालिका बलात्कारको आरोपका प्रहरीले शनिबार पतिपत्नीलाई नै पक्राउ गरेको छ ।

बलात्कारको आरोपमा अनन्तलिंगेश्वर ७ का ४० बर्षीय राजकृष्ण कायस्थ र उनकी पत्नी ३५ बर्षीया राधाजंगम पक्राउ परेको प्रहरीले जनाएको छ । राजकृष्णले पत्नीकै सहयोगमा बालिका बलात्कार गरेको महानगरीय प्रहरी बृत्त ठिमी प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।
गत मंसीर २१ गते साँझ ७ बजे राधाजंगमले टीभी हेर्ने तथा पैसा दिने प्रलोभन देखाइ बालिकालाई घरमा ल्याएर राजकृष्णको जिम्मा लगाई बाहिरबाट चुकुल लगाएकी थिइन् । सोही समयमा राजकृष्णले बलात्कार गरेको पाइएको ओलियाले बताए । अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।

तपाईको प्रतिक्रिया