१ फाल्गुन, काठमाडौं । अब व्यक्तिगत श्रम स्वीकृतिका लागि फारम अनलाइनबाटै भर्न मिल्ने भएको छ। वैदेशिक रोजगार विभागले ब्यक्तिगत श्रम स्वीकृतिका लागि पनि अनलाइन सिस्टम लागु गरेपछि अनलाइनमा पहुँच भएका सबैलाई सहज हुने भएको छ । अनलाइनको पहुँचमा भए पनि प्राविधिक कारण वैदेशिक रोजगारीमा जाने कामदारहरू यसबारे समस्या भइरहेको बताउछन्।

वैदेशिक रोजगार विभागले सबै किसिमका स्वीकृतिमा अनलाइन सिस्टम सुरु गरेपछि श्रम इजाजतको प्रक्रियाका लागि कामदारले बारम्बार राजधानी तथा वैदेशिक रोजगार विभाग धाउनुपर्ने बाध्यता हटेको छ।

अनलाइनको माध्यमबाटै सबै प्रक्रिया पूरा गरेपछि श्रम स्वीकृतिको स्टीकरका लागि मात्रै कामदारले पासपोर्ट लिएर विभागमा जानुपर्ने हुन्छ । विभागले यो सिस्टमलाई ‘फरेन इम्प्लोयमेन्ट इन्फरमेशन म्यानेजमेन्ट सिस्टम’ (एफइआइएमएस) नाम दिएको छ ।

यसमा आफ्नो नाम, ठेगाना, पासपोर्टका विवरणलगायत सबै कानुनी व्यक्तिगत डिटेल अनलाइनमा राख्नुपर्छ । यो राखेपछि सिस्टममा पछि ‘लग इन’ हुन आफ्नो एउटा युजर र पासवर्ड पनि सेट गर्नुपर्ने हुन्छ । यो फेसबुक बनाएजस्तै सरल प्रक्रिया हो । इन्टरेनेटमा आफ्नो डाटा राख्न सक्नेले यसलाई सजिलै प्रयोग गर्न सक्छन् ।

sram swikriti online form1

sram swikriti online form2

sram swikriti online form3

 

तपाईको प्रतिक्रिया