darul uloom islam mahotsav jalpapur
इनरुवा २ फागुन /अन्र्तराष्ट्रिय इस्लाम शैक्षिक महोत्सव सुनसरीको जल्पापुरमा आयोजना गर्न लागिएको छ ।दारुल उलूम नुरुल इस्लाम जल्पापुरको ६७ औं वार्षिक उत्सवका अवसरमा फागुन २५,२६ र २७ गते तीन दिने अन्र्तराष्ट्रिय शैक्षिक महोत्सव हुने भएको हो । आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवका बारेमा जानकारी गराइएको हो । महोत्सवमा नेपाल सहित भारत, पाकिस्तान, बङ्गलादेश, साउदी अरव, साउथ अफ्रिका र क्यानाडाबाट मुस्लिम धर्म गुरुहरु सहभागि हुदैछन् ।

darul uloom islam mahotsav jalpapur1
आयोजकले कार्यक्रम अवधीभर ५० हजार बढी इस्लाम धर्मावलम्बीहरुको सहभागिता रहने अनुमान गरेको छ ।कार्यक्रममा धार्मिक प्रवचन सहित शैक्षिक गतिविधीबारेको जानकारी आदान प्रदान गरिने दारुल उलूम नुरुल इस्लाम जल्पापुरका अध्यक्ष हैदर अली नदवीले जानकारी दिनुभयो । उक्त कार्यक्रममा भारतको मुस्लिम पर्सनल ल बोर्डका अध्यक्ष हजरत मौलाना मोहम्मद सैयद सहितका इस्लाम धर्मका विद्धान तथा लेखकहरुको उपस्थिती रहने आयोजकले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया