काठमाडाैं, फागुन ३ / राष्ट्रपति विद्यादेवी भण्डारीले आवधिक निर्वाचन नागरिकको अधिकार भएकाले त्यसलाई कुण्ठित नगर्न दलका नेताहरूलाई सुझाव दिएकी छन् । असंसद्मा रहेका सात दलका नेतालाई सोमबार संयुक्त रूपमा शीतलनिवास बोलाएर राष्ट्रपतिले भनिन्, ‘निर्वाचनले मुलुकलाई अगाडि बढाउने भएकाले यसको कुनै विकल्प छैन । आवधिक निर्वाचन नागरिकको अधिकार हो, यो कुण्ठित हुनु हुँदैन ।’
जनताद्वारा निर्वाचित संविधानसभाले लोकतान्त्रिक विधिबाटै संविधानवाद, बहुदलीयता, कानुनी शासन, मानवअधिकारलगायत लोकतन्त्रका मूलभूत मान्यता आत्मसात गर्दै नेपालको संविधान २०७२ लागू भएको स्मरण राष्ट्रपतिले नेताहरूलाई गराइन् । संविधानको सम्मान र संरक्षण गर्दै संवैधानिक विकासमा थप योगदान पुर्याउनु तथा राजनीतिक स्थायित्व, शान्ति र विकासको प्रवद्र्धनका लागि दत्तचित्त रहनु सबै लोकतान्त्रिक राजनीतिक दलको सर्वोपरी दायित्व हुनुपर्ने उनले बताइन् । अाजकाे अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ।