karmachari andolan inaruwa2
फागुन ३ इनरुवा । विभिन्न माग राखी कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि सुनसरीका स्थानीय निकाय सुनसान बनेका छन् । कर्मचारीहरु कार्यालय तालाबन्दी गरी धर्नामा बस्दा अधिकांश स्थानीय निकाय ठप्प छन् । स्थानीय निकाय पुर्न संरचनाका क्रममा यथोचित व्यवस्थापनको माग राख्दै गाविस, नगरपालिका र जिविसका कर्मचारीले कामकाज ठप्प पार्दा स्वास्थ्यकर्मीहरुको आन्दोलनले स्वास्थ्य सेवा समेत बाधित हुन पुगेको छ ।

karmachari andolan inaruwa1
पद व्यवस्थापनका लागि ल्याइएको स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलित स्वास्थ्यकर्मीहरु जिल्ला केन्द्रित भएर धर्नामा बस्दा अधिकांशजसो स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा बाधा उत्पन्न भएको छ ।

karmachari andolan inaruwa
स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल इनरुवाको ओपिडी सेवा छाडेका छन् भने आकस्मीक सेवा समेत बन्द गर्ने चेतावनी दिएका छन् ।
कर्मचारी जारी धर्ना र काम रोक आन्दोलनका कारण सेवाग्राही भने मार्कामा परेका छन् । स्थानीय निकायमा सेवाका लागि पुगेका सेवाग्राही रित्तो हात फर्कन बाध्य बनेका छन् ।  अस्पतालमा विरामीलाई स्वास्थ्योपचारमा कठिनाईको सामना गरिरहनु परेको छ । कर्मचारीहरुको आन्दोलन जारी रहँदा सम्वन्धित कार्यालयमा पुग्ने सेवाग्राहीको चाप समेत ह्वात्तै घट्न पुगेको छ ।

तपाईको प्रतिक्रिया