Sajha-Yatyat

१ मंसिर, काठमाडौं । साझा यातायात सञ्चालक समितिले मन्त्रीहरुलाई साझा बस चढेर मन्त्रालय र क्वाटर आवतजावत गर्न प्रस्ताव गरेको छ ।भारतको अघाषित नाकाबन्दीका कारण इन्धनको चरम अभाव भइरहेका बेला साझाले मन्त्रीहरुले समेत सार्वजनिक सवारी प्रयोगको प्रस्ताव अघि सारेको हो ।सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर मन्त्रीहरु सिंहदरवार र क्वाटर आउजाउकमा साझा बस प्रयोग आग्रह गरेका हुन् । मन्त्रीहरुको क्वाटर पुल्चोकमा छ । साझा बसको डिपो पनि त्यही छ । मन्त्रीहरु चढ्ने हो भने साझाले दुई बटा बस विहान ८ बजे र बेलुकी ४ बजेको समयमा सञ्चालन गर्ने साझाको प्रस्ताव छ ।मन्त्रीहरुले साझा बस चढे मन्त्रीका साथै सुरक्षाकर्मीको गाडीमा प्रयोग हुने तेल बच्नेछ । दीक्षितले भने-‘हामीले आफ्नो तर्फबाट प्रस्ताव राखेका हौं । कुनै कुराकानी भएको छैन । के हुन्छ थाहा छैन ।’

 

तपाईको प्रतिक्रिया