dharnidhar sahitya pursakar itahari६ फागुन, सुमन भट्टराई  इटहरी। साहित्यकार धरणीधर दाहालको ९० औ जन्मजयन्तिको अवसरमा इटहरीमा बृहत साहित्यिक कार्यक्रमको आयोजना गरी राष्ट्रिय लोक गायक एलपी जोशी र साहित्यकार एवम सञ्चारकर्मी कृष्ण अधिकारलाई धरणीधर दाहाल स्मृति पुरस्कारद्धारा पुरस्कृत गरिएको छ ।

इटहरी साहित्यिक समुहले इटहरीमा आयोजना गरेको कार्यक्रममा लोक गायक एलपी जोशी र साहित्यकार एवम सञ्चारकर्मी अधिकारीलाई जनही १५ हजार नगद तथा सम्मान पत्र मार्फत दोसल्ला ओढाएर सम्मान गरिएको हो । सम्मानित ब्यक्तित्वहरुलाई कार्यक्रमका प्रमुख अतिथी सोमराज अभय कट्टेलले सम्मान गर्नुभएको थियो । इटहरी साहित्यिक समुहका अध्यक्ष कृष्णबिनोद लम्सालको अध्यक्षतामा भएको उक्त साहित्यिक कार्यक्रममा दाहालका छोरा ज्ञानेन्द्र दाहालले इटहरीको शिक्षा साहित्य लगायतका क्षेत्रमा अतुलनीय कार्य गर्दै आएकाले बुवाको स्मृतिमा यो पुरस्कार स्थापना गरिएको बताउनुभयो ।

त्यसै अवसरमा प्राध्यापक डा. टङ्क न्यौपाने प्राज्ञ उपेन्द्र बस्नेत राम धामी प्राध्यापक डा. बद्रीविशाल पोख्रेल, लेखनाथ घिमिरे लगायतका महानुभावले साहित्यकार दाहालले इटहरी क्षेत्रमा पुर्याएको योगदानका विषमा चर्चा गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया