६ फागुन, दिपेन्द्र यादव इनरुवा। सुनसरीका विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरुमा आवद्ध रहेका विद्यार्थीहरुमा स्ववियु निर्वाचन पुर्ण रुपमा लागेपनि विहिबार समाजवादी विद्यार्थी फोरम नेपालले सुनसरी बहुमुखी क्याम्पस इनरुवामा तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको उम्मेदवारी मनोनायन दर्ता गर्ने मिति विहिबार तोकेपनि आफ्ना मागहरुलाई बेवास्ता गरेको भन्दै समाजवादी विद्यार्थी फोरम नेपालले विहिबार क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको फोरम नेपालले बताएको छ ।
समाजवादी विद्यार्थी फोरम नेपालले एक हप्ता अघि देखी लगाएको तालाबन्दीको बेबास्ता गरेको भन्दै पुनः बिहिबार बिरोध जनाउँदै स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।
यता समाजवादी विद्यार्थी फोरम नेपाल लगायतका विभिन्न मधेशवादी दलका विद्यार्थी संगठनहरुले माघ २४ गते जारी गरेको प्रेस विज्ञप्तीमा राखेको मागहरुमा सिनेटको माग खारेज गर, पुर्ण समानुपातिक निर्वाचन प्रणली लागु गर, फर्जी भर्ना खारेज गर तथा स्ववियु निर्वाचनको बातावरण निर्माण गर लगायतका मागहरुलाई बेवास्ता गरेको कारण विहिबार सुनसरी बहुमुखी क्याम्पस इनरुवामा तालाबन्दी गरीएको केन्द्रिय सचिवालय सदस्य महानन्द यादवले बताए ।
यसैगरी तालाबन्दीको विषायलाई लिएर सुनसरी बहुमुखी क्याम्पसले सुचना जारी गरी स्ववियु निर्वाचन स्थगीत गरेको क्याम्पसले बताएका छ।
क्याम्पसले बताए अनुसार समाजवादी विद्यार्थी फोरम नेपालले स्ववियु निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेकोले सुनसरी बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिको बिहिबारको निर्णयले अर्को सुचना नहुन्जेल सम्मका लागी निर्वाचन सम्बन्धि सम्पुर्ण कामकाज स्थगीत गरेको निर्वाचन अधिकृत दशरथ दासले बताए ।