इनरुवा फागुन ७/प्रथम निर्वाचन दिवसका अवसरमा सुनसरीमा निर्वाचन र लोकतन्त्र विषयक अन्तरकृयाको आयोजना गरिएको छ ।
सदरमुकाम इनरुवामा जिल्ला निर्वाचन कार्यालय सुनसरीले सरोकारवालाहरुविचको अन्तरकृया आयोजना गरेको हो ।कार्यक्रम सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको आतिथ्यमा सम्पन्न भएको हो ।

सुरक्षा निकायका प्रमुख सहित जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुको उपस्थिती रहेको कार्यक्रममा लोकतन्त्र र निर्वाचन बारे चर्चा गरिएको थियो ।कार्यक्रममा सुनसरीका राजनैतिक दलको भूमिका र चुनाव भए सुरक्षाको बन्दोवस्ती लगायतका विषयमा समेत सरोकारवालावीच छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया