इनरुवा फागुन ७/सुनसरीमा समेत ६७औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको अगुवाईमा दिवसका अवसरमा प्रभात फेरीको आयोजना गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल नेतृत्वको प्रभात फेरीमा सुरक्षा निकायका प्रमुखका साथै विभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती थियो । इनरुवा बजारको परिक्रमा पश्चात जिल्ला अस्पताल इनरुवाका विरामीहरुलाई दिवशका अवसरमा फलफुल वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया