७ फागुन, रोशन पोखरेल ।आरम्भ  ३ को म्युजिक भिडियो हालसालै मात्र सार्वजनिक   गरिएको छ ।     गीतकार तथा संगीतकार रेशम रचकको आधुनिक गीति एल्बम आरम्भ ९ ३ मा रहेको गीत “नभेटेको धेरै भयो देख्न मन ला को छैन र रु को म्युजिक भिडियो सार्वजनिक भएको छ।
जसमा सिर्जन बरालको निर्देशन, रामेश्वर हुमागाईको छायांकन, मोहन थापा र कृस्टिना थापाको बेजोड अभिनय रहेको छ भने प्रदिप दाहालले सम्पादन गरेका छन्। जनता डिजिटल एण्ड फिल्मस् प्रा। लि। को उत्पादन तथा ब्याबस्थापन गरेको यस गीतमा हेमन्त शिशिरको सुमधुर स्वर रहेको छ भने रेशम रचकले नै शब्द संगीत सृजना गरेका छन।
एल्बम आरम्भको सफलता संगै आरम्भ ९ २ बजारमा ल्याएका रचकले पछिल्लो समय आरम्भ—३ सार्वजनिक गरेका हुन ।सगै जिउने सगै मर्ने कसम खाएको कुरा गितमा गरिएको छ र प्रेमिकालाई आफनो नै हुन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया