७ फाल्गुन, झापा। शुक्रबार राती झापाको बाहुनडाँगी ३ मा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाहुनडाँगी-३ बस्ने ४० वर्षिय भिमा मगर रहेका छन। मगरलाई राती पौने १० बजे बाहुनडाँगी-३ वडाखाल स्थित इट्टाभट्टा-गाडागल्ली भित्रि सडक खण्डमा बा २ ख ७९०९ नम्बरको टिपरले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनास्थलमा इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट गएको टोलीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने शव पोष्टमार्टमकालागी मेची अंचल अस्पतालमा राखीएको छ।

तपाईको प्रतिक्रिया