८ फाल्गुन, इलाम। इलामको पशुपतीनगर-४ बाट प्रहरीले आइतबार ५० हजार ८ सय ५० बराबरको भन्सार छलेको कस्मेटीक समान बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट खटिएको प्रहरीको टोलीले विहान ८ बजेतिर बेबारीसे अवस्थामा छाडेको सेम्फु तथा सेन्ट  बरामद गरेको हो। बरामद समान आजै भन्सार कार्यालय पशुपतिनगर इलाममा बुझाएको उक्त कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया