८ फागुण, इनरुवा अमर काफ्ले। नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा अमर खड्का विजयी भएका छन् । खड्काले अध्यक्षका प्रत्यासी जनकऋषि राईलाई पराजित गरेका हुन् । खड्काले राईलाई ७६का विरुद्ध ११८ मत ल्याई अध्यक्ष पद हात पारेका हुन् । उपाध्यक्षमा सन्तोष काफ्लेले रामप्रसाद खरेल र प्रेम बास्तोलालाई पराजित गरेका छन् । काफ्लेले ८९ मत पाउँदा खरेलले ६७ र बास्तोलाले ३४ मत ल्याए ।  महिला उपाध्यक्षमा सुभद्र प्याकुरेल १०७ मतका साथ विजयी हुँदा प्रत्यासी रञ्जना पौडेलले ७९ मत पाइन् ।

त्यसैगरी सचिवमा प्रमोद यादव पराजित भएका छन् । यादव हिमाल दाहालसँग पराजित भएका हुन् । १०२ मत ल्याएका दाहालले ८९ मत पाएका यादवलाई १३ मत अन्तरले पराजित गरेका हुन् । खुल्ला तर्फ सहसचिवमा ध्रुव ढकाल १०२ मतले विजयी भए । उनका प्रतिद्धन्द्धी विराट अनुपमले ८८ मत प्राप्त गरे ।

सह–सचिव समावेशी विजयी दिनेश गजमेरले ९४ मत ल्याउँदा ९१ मत पाएका धिरेन्द्र चौधरी ४ मतको झिनो अन्तरमा पराजित हुन पुगे । कोषाध्यक्षमा गोविन्द बस्नेतले ९७ मत ल्याउँदा उपेन्द्र चाम्लिङ्गले ८० र तुलषी यादवले १५ मत मात्र हात पार्न सके । त्यसैगरी नयाँ कार्य समितिकालागि विजयी सदस्यहरुमा अजितकुमार झा(११४), अर्जुन सुवेदी (१०८), चन्दन गुप्ता(१०८), विवेक भटराई(१०८), धनबहादुर राई (९१), विशाल राई (८९), धिरेन लिम्बु ७८ र कानुन कार्की (७५) रहेका छन् । त्यसैगरी जनजातीतर्फ सुनिल चौधरी(१०९) प्रतिद्धन्द्धी शिषिर राई (७५), महिला सदस्य सुमित्रा राई(११८) प्रतिद्धन्द्धी सुम्निमा राई(६६), दलित सदस्य अनिता रसाईली (१२५) प्रतिद्धन्द्धी पुनम विक(५२) रहेका छन् । मधेशी सदस्य तर्फ टोमराज मेहता भने निर्विरोध भएका छन् ।

तपाईको प्रतिक्रिया