biratnagr1विराटनगर, १ मङ्सिर । विराटनगरमा आज साँझ मुसलधारे वर्षाका कारण छठ पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नुपर्यो ।भगवान् सूर्यदेवलाई अर्घ दिएपछि घर फर्कने समयमा डेढ घन्टासम्म वर्षासँगै तेज हावासमेत चल्नाले सर्वसाधारणसहित पर्व मनाउनेहरुलाई निक्कै सास्तीको सामना गर्नु परेको हो । विराटनगरको ट्राफिकचौकदेखि हिमालयरोडमा दुई फिटभन्दा बढी वर्षाको पानी बगिरहेको देखिन्थ्यो । नगरका प्रायः प्रत्येक सडकबाट पानी बगिरहेको अवस्था छ । बालबालिकादेखि वृद्धवृद्धासम्म पानीमा भिज्दै घरतर्फ हिँडिरहेका देखिन्थे ।अप्रत्याशित रुपमा भएको वर्षाले गर्दा किसानलाई समेत नोक्सानी भएको छ । खेतमा धानबाली पाकिसकेको अवस्थामा किसान घर भित्र्याउने समयमै वर्षा भएकाले धानबाली काट्न र तयार गर्नमा थप समय लाग्ने देखिन्छ । यता इनरुवामा पनि आज समान्य वर्षा भएको छ।

 

तपाईको प्रतिक्रिया