९ फागुन, मिकाइल आलम इनरुवा। क्रिकेट खेलको विकासका लागि पूर्वाधार विकास गरिनु पर्ने सुनसरीका क्रिकेट खेलाडि तथा प्रशिक्षकहरुले जोड दिएका छन । सुनसरीको भाण्टावारीमा सम्पन्न दुई देशिय टि २० क्रिकेट प्रतियोगिताको समापन समरोहको अवसरमा बोल्दै सुनसरीका खेलाडि तथा प्रशिक्षकहरुले क्रिकेट खेलको विकासका लागि पूर्वाधार विकास गरिनु पर्नेमा जोड दिएका हुन ।

पछिल्लो समयमा राष्ट्रिय टोलीले अन्तर्राष्ट्रिय स्तरमा देखाएको प्रदर्शनले सुनसरी लगायत देशभरि नै क्रिकेट प्रतिको क्रेज बढदै गएको छ । सुनसरी लगायत जिल्लाका खेलाडिहरुमा देखिएको क्रेजलाई केहि हदसम्म सम्बोधन गरिने उद्देश्यले सेब द सुनसरीले दुई देशिय टि २० क्रिकेट प्रतियोगिताको आयोजना गरियो । नेपाल र भारतबीच आपसी भाईचारा र सौहार्द पूर्ण सम्बन्ध बढाउने उद्देश्यले सुनसरीको भाण्टावारीमा केहि दिन अघि सम्पन्न दुई देशिय टि २० क्रिकेट प्रतियोगिताको रोमाञ्च फाईनल खेलमा स्थानीय टीमलाई ३ विकेट हराउँदै भारतको सहरसा विजयी हुदाँ उपस्थित हजारौ दर्शक निराश भए ।

भारतको विभिन्न क्षेत्रमा क्रिकेट खेल मार्फत नाम कमाई सकेका टोलीहरु मध्यै एक टोली हो सहरसा । सहरसा त्यस्तौ टोली हो जसमा भारतका लागि राज्यस्तर सम्मको खेल खेलि सकेका खेलाडिहरुको बाहुल्यता रहेको छ । त्यस्तो टोली विरुद्द भण्टावारीका स्थानीय स्तरमा सामान्य क्रिकेट खेलने खेलाडिहरु टक्कर दिनु सामान्य कुरा होइन ,सेव द सुनसरी हरिपुरका अध्यक्ष तजमूल मन्सुरीले भने ।

क्रिकेटमा स्थानीय स्तरको खेलाडिहरुको उत्पादन गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिताको आयोजना गरिएको मन्सुरीले बताए । स्थानीय स्तरको रहेको खेलाडिहरुलाई अनुभवका लागि आफुले यो क्षेत्रमा अहिले सम्म नभएका क्रिकेट प्रतियोगिताको आयोजना गरिएको मन्सुरीले दावी गरे । आफुले एकल प्रयासमा अहिले सम्म नभएका क्रिकेट प्रतियोगिता सम्पन्न गर्न सफल भएको दावी गरे । मन्सुरीले क्रिकेट प्रतियोगिता आयोजना गर्ने आफनौ एकल निर्णय भएपनि प्रतियोगिता सम्पन्न गर्नमा सबैले सहयोग गरेकामा धन्यावाद समेत दिए ।

उनले आगामी दिनमा पनि क्रिकेट खेलमा यस क्षेत्रका खेलाडिहरुमा देखिएको क्रेजलाई सम्बोधन गर्न आफु लागि पर्ने दावी गरे । मन्सुरीले भण्टावारीमा रहेको प्रतिभावान खेलाडिहरुलाई अगाडि ल्याउन आफु सधै लागि परेको बताए । अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरिसकेका खेलाडिहरुलाई भण्टावारी जस्तो सानो ठाँउमा पनि ल्याएर स्थानीय खेलाडिहरुको खेलको स्तर बढाएको उनले दावी गरे ।

केहि दिनअघि सम्पन्न सो दुई देशिय टि २० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन आएका नेपाली राष्ट्रिय टोलीका सदस्य सिद्दान्थ लोहनीले खेलपछि भनेका थिए राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलेपनि भण्टावारी जस्तो सानो ठाँउमा यति ठुलो प्रतियोगिता आयोजना गर्नु भनेको यो ठाँउमा क्रिकेट प्रति स्थानीयहरुको क्रेजलाई देखाउँछ ।

लोहनीले आफु धेरै ठाँउमा क्रिकेट खेलीसकेको बताउँदै भण्टावारीमा जस्तो दर्शकहरुको उपस्थिति अन्य ठाँउमा नदेखेको बताए । लोहनीले भण्टावारीका खेलाडिहरुको खेल आफुले पनि हेरेको बताए । यहाँका खेलाडिहरु निकै प्रतिभावान छन् उनले भने तर अनुभवको कमि छ । निरन्तर प्रतियोगिताहरु खेल्ने हो भने भण्टावारी बाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडिहरुको उत्पादन गर्न सकिन्छ लोहनीले भने । लोहनीले क्रिकेट खेलको विकास गर्नका लागि पूर्वाधार विकासमा जोड दिए ।

यता सुनसरी क्रिकेट संघका कोषाध्यक्ष ताहिर अन्सारीले भण्टावारीमा भएको दुई देशिय क्रिकेट प्रतियोगिताका खेलहरु आफुले पनि हेरेको बताउँदै भण्टावारीका स्थानीय खेलाडिहरु प्रतिभावान रहेका बताए । अन्सारीले सानै उमेरमा ति क्षेत्रका खेलाडिहरुले देखाएको प्रदर्शन बाट आफु निकै प्रभावित भएको बताए । उनले ति क्षेत्रका खेलाडिहरुमा अनुभवको कमि भएकोले आफुहरु निरन्तर प्रतियोगिताहरु आयोजना गरेर अनुभवको कमिलाई पुरा गराउन लागि परेको समेत बताए ।

अन्सारीले खेलको विकास गर्न पूर्वाधारको विकास गर्न आवश्य रहेकोले पूर्वाधार विकास गर्न आफुहरु लागिपरेको बताए । सुनसरी क्रिकेट टीमका प्रशिक्षक चैतनाथ पौडेलले भण्टावारीमा निकै प्रतिभावान खेलाडि रहेको बताउँदै ति क्षेत्रमा खेलाडिको क्षमता बढाउनका लागि प्रशिक्षक नभएकोमा दुःख व्यक्त गरे । उनले खेलाडिको स्किल बढाउन एउटा कुशल प्रशिक्षक हुनु आवश्यक रहेको समेत बताए । पौडेलले भण्टावारीका खेलाडिहरु लाई मात्र निरन्तर प्रशिक्षण दिने हो भने पूर्वाञ्चलमै सुनसरी जिल्ला क्रिकेटमा आफनौ वर्चस्व जमाउनेमा दावी गरे ।

तपाईको प्रतिक्रिया