१० फागुन, इटहरी। अहमदिया सङ्घ नेपालको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आज मोरङ्ग जिल्लाको झोराहाट २ को दुर्गा प्राविमा एक दिने आँखा तथा कानको स्वास्थ्य जाँच शिविर सम्पन्न भएको छ ।

आँखा तथा कानको निःशुल्क स्वास्थ्य जाँचसँगै ती रोगीहरुलाई आवश्यकता अनुसार औषधी समेत निःशुल्क उपलब्ध गर्ने गरी अहमदिया सङ्घ नेपालले आयोजना गरेको उक्त शिविरमा १५ जना आँखाको मोतिया बिन्दु रोगीको शल्यक्रिया गर्नु पर्ने फेला परेको आँखा रोग विशेषज्ञ सागर लम्सालले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरमा झोराहाट तथा त्यस आसपासका गरिव दलित तथा सिमान्तकृतसँगै आर्थिक अवस्था कमजोर भएका मानिसको सहभागिता रहेको र आँखाको मोतिया बिन्दु भएकाहरुको विराटनगर आँखा अस्पतालले निःशुल्यक शल्यक्रिया समेत गर्ने प्रवन्ध मिलाईएको र सवैलाई मायाँ गरौ घृणा कसैले कसैलाई नगरौ भन्ने पबित्र भावनाले प्रेरित भएर यो शिविर आयोजना गरेको अहमदिया सङ्घ नेपालका नेता मोहम्मद इस्माईल मियाँले बताउनुभयो ।

दुर्गा प्राविका प्रधानाध्यापक यदुकुमार लुईटेलको प्रमुख आतिथ्य तथा अहमदिया सङ्घ नेपालका नेता मोहम्मद इस्माईल मियाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सङ्घको सुनसरी मोरङ्ग मिसनसरी इन्चार्ज समिम अहमदले कार्यक्रमका विषयमा बोल्नुभएको थियो ।

उक्त शिविरमा विराटनगर आँखा अस्पतालका चिकित्सकहरु सागर लम्साल,श्रवण माझी दिनेश मण्डल, बीरेन्द्र भट्टराई रविन्द्र यादव खड्गबहादुर श्रेष्ठ लगायतले शिविरमा उपचारका लागि आएकाहरुको स्वास्थ्य जाँच गर्नुभएको थियो । उपचारमा सम्लग्न चिकत्सकहरुलाई सङ्घका नेता इश्माईलले सम्मान पत्र समेत प्रदान गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया