इनरुवा १० फागुन/नेपाल सरकारले संविधान संशोधनलाई थाँति राख्दै स्थानीय निकाय निर्वाचनको मिति घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सुनसरीले विरोध प्रर्दशन गरेको छ ।

मोर्चाले आज साँझ सदरमुकाम इनरुवामा मसाल जुलुस निकाल्दै सरकारी कदमको विरोधमा नाराबाजी गरेको हो ।सद्भावना पार्टी कार्यालयबाट निस्केको मोर्चा कार्यकर्ताहरुको मसाल जुलुस लोकतान्त्रिक चौकमा कोणसभामा परिणत भएको थियो ।मोर्चाले भोलिको मधेश बन्दलाई लक्षित गरी सदरमुकाममा मसाल जुलुस निकालेको हो । मोर्चाले भोलिका लागि यातायात, बजार पसल, कलकारखाना तथा शैक्षिक संस्था बन्दको आव्हान गरेको छ  ।

तपाईको प्रतिक्रिया