इनरुवा फागुन १२/सुनसरी सदरमुकाम इनरुवामा रहेका मठ मन्दिरमा नेपाली सेनाको टोलीले सरसफाई गरेको छ । बटुक दल गण इनरुवा गुल्मले सदरमुकाममा रहेका मठ मन्दिर तथा सार्वजनिक पाटी पौवाको सरसफाई गरेको हो ।


सह–सेनानी आमोद कार्की नेतृत्वको टोलीले भगवति, काली , शनि र रामजानकी सहितका मन्दिरहरुमा सरसफाई गरेको हो ।साताव्यापी सेना दिवस मनाउने क्रममा नेपाली सेनाले मठ मन्दिर सरसफाईका साथै सार्वजनिक हितका विविध कार्यक्रमहरु संचालन गर्दै आएको छ । सेना दिवस तथा महाशिवरात्री भोलि मनाइदै छ ।

तपाईको प्रतिक्रिया