सुमन भट्टराई, इटहरी। एक्टिभ नारी प्रकाशन समुहद्धारा इटहरीबाट प्रकासित प्रकासित सुचना र सञ्चार साप्ताहिकको १७ औ बार्षिक उत्सव सम्पन्न भएको छ । न्युनतम पारीश्रमिक निर्धारण समिति का अध्यक्ष पोषण के.सी को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आजबाट सुचना न्युज डट कम अनलाईन को समेत सुभारम्भ भएको छ । महिलाहरु द्धारा सञ्चालित पत्रिकामा बिशेष गरी महिलाहरुको बिषय सहित अन्य क्षेत्रलाई समेट्दै सञ्चार प्रवाह गर्ने प्रकासन सुमहले जनाएको छ।

कार्यक्रममा बिभिन्न बिधाका १२ जनालाई सम्मान गरेको छ । पत्रकारीता क्षेत्रको बिधा अन्र्तगत इटहरीका पत्रकार हिमाल दाहाल , वेदराज पौडेल , शेखर ढकाल दिपक कार्की र अग्रज महिला पत्रकार गंगा बराललाई सम्मान पत्र द्धारा सम्मान गरिएको थियो । यस्तै महिलाहरुको क्षेत्रमा योगदान पुर्याउने इटहरीका लक्षमी गौतम ,अमृता सुब्बा , शारदा पोख्रेल , बिमला ढकाल ,र महिला ब्यवशायी कोपिला पराजुलालाई सम्मान गरेको छ ।


यस्तै उत्कृष्ठा पाठकका रुपमा इटहरीका महानन्द पोख्रेललाई पनि सम्मान पत्रद्धारा सम्मान गरेको अध्यक्ष सविना कोइरालाले बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य निलिफा सुब्बा , समाजसेवी बद्री प्रसाद सुवेदी , इलाका प्रहरी कार्यलय इटहरीका डिएस पि नरेसराज सुवेदी लगायतलले कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।

न्युनतम पारीश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले महिलाहरु द्धारा सञ्चालित पत्रिकोको प्रगतिको कामना गर्दे हरेक मिडिया हाउसले पत्रकारहरुलाई न्युनतम पारीश्रमिक दिन आग्रह गर्नुभयो । राज्यले समेत पत्रकारहरुलाई पेन्सनको ब्यबस्थ गर्न आफ्नो तहबाट प्रयास गर्दे गरेको बताउनुभयो । इटहरीको गार्खा डिर्पाटमेन्टको सभाहलमा भएको कार्यक्रममा इटहरीका उद्योगी ब्यवशायी , तथा बिभिन्न संघ सस्थाका व्यात्तित्वहरुकोसहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया