१६ फाल्गुन, सप्तरी। सप्तरी इटारी गाविस-९ स्थित आईतबार कपडा सिलाउने कटघरामा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार बराबरको क्षती भएको छ।
स्थानिय सुरेश रामको कपडा सिलाउने कटघरामा अचानक बिधुत सर्ट भई आगलागी भएको थियो। आगलागीबाट कटघरामा रहेको ४ थान लुगा सिलाउने मेशिन, सिलाउन राखिएको कपडा र उक्त कठघरा पूर्ण रुपमा जलेर नष्ट हुँदा सो क्षति भएको पिडितले बताए । आगलागीबाट कुनैपनि मानविय तथा चौपाया क्षति भएको छैन्। उक्त आगलागी प्रहरी, स्थानियवासी र दमकलको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

तपाईको प्रतिक्रिया