१६ फागुन, दिलिप कुमार साह राजविराज। सदरमुकाम राजविराज नगरपालिका भित्र थप एक सार्वजनिक शौचालय चाँडै ने संचालन हुने भएको छ । नगरपालिका कार्यालय राजविराजका कार्यकारी अधिकृत यादव सापकोटाले नगरापलिका भित्र आउँने जाने सर्वसाधारणको चापलाई मध्यनजर गर्दै नगरभित्र थप एक सार्वजनिक शौचालय थपिन लागेको बताए ।

उक्त शौचालय संचालनमा आएपछि नगरपालिका भित्र खुल्ला दिशा पिसाब गर्ने सर्वसाधारणको समस्या समाधान हुने उनको कथन रहेको छ । उनले भने “यस शौचालय सँगै नगरभित्र चार सार्वजनिक शौचालय संचालनमा आउने छन् । जुन नगरका लागि पर्याप्त हुन्छ।”

हाल नगरभित्र रुपनी बस स्टेण्ड, शहिद साकेत पार्क नजिक र माछा हटियामा गरी तीन वटा सार्वजनिक शौचालयहरु संचालनमा रहेका छन् ।
थप सार्वजनिक शौचलय भने नगरपालिका कार्यालयको दक्षिणपट्टि संचालन गर्ने योजना रहेको छ । शौचालय निर्माणका सम्पूर्ण काम सम्पन्न भई सकेको तथा दुई चार दिन भित्रै शौचालय संचालनमा ल्याईने कार्यकारी अधिकृत सापकोटाले बताए ।

तपाईको प्रतिक्रिया