१७ फाल्गुन, सुनसरी। ईटहरी-४ बुढीखोलाबाट सोमबार प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी महेन्द्रनगर-४ बस्ने दिवश बराईली, भरौल-३ बस्ने पुजन पौडेल र ईटहरी-१ बस्ने सन्देश राई रहेका छन।

प्रहरीले उनीहरुको साथबाट डाईजेपाम, फेनारगन र लुपिजेसिक ६६ एम्पुल तथा चार थान सिरिन्ज बरामद गरेको छ। तीनै जनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया