१८ फागुन दिलिप साह राजविराज । करिब दुई साता यता सप्तरीमा डिजेल पेट्रोलको अभाव भइरहेको अवस्थामा यसको कालोबजारी बढ्दै गएको छ । यसैक्रममा प्रहरी जिल्लाको देउरीभरुवा गाविस–४ मा किराना पसलमा बढी मूल्यमा पेट्रोल बिक्री गर्ने व्यवसायीलाई पक्राउ गरी कार्वाही अगाडि बढाएको छ । बजारमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितीमा डिजेल तथा पेट्रोल समेत राखि वढी मुल्यमा प्रति लिटर रु.२०० को दरले बेचविखन गरी कालोबजारी गर्दै गरेको अवस्थामा लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उहाँको किराना पसलबाट ४५ लिटर पेट्रोल र डिजल ४ लिटर सहित व्यवसायी यादवलाई पक्राउ गरी कालोबजारी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । बजारमा कालोबजारी गरेको थाहा पाएमा वा भएमा प्रहरीलाई सूचना गर्न आम जनसमुदाय सँग जिल्ला प्रहरी कार्यालय सप्तरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया