१९ फाल्गुन, सप्तरी। सप्तरीको शम्भुनाथ नगरपालिका-१ बाट प्रहरीले बुधबार घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद गरेको छ। बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रुपनीबाट खटिएको टोलीले गोबिन्द साहको घरमा चेकजाँच गर्ने क्रममा कच्चा पदार्थ फेला पारी बरामद गरेको हो।

प्रहरीले साहको घरबाट घरेलु मदिरा बनाउने कच्चा पर्दाथ ३०० लिटर, १५ लिटर तयारी मदिरा र मदिरा उत्पादन गर्ने भाँडाकुडा समेत बरामद गरेको हो। बरामद मदिरा र कच्चा पदार्थ स्थानिय मानिसहरुको सहभागितामा नष्ट गरिएको हो।

तपाईको प्रतिक्रिया