१९ फागुन, एजेन्सी। चर्चित बलिउड अभिनेता सलमान खान अविबाहितै भएपनि फिल्म बाहिर धेरै अभिनेत्रीहरुसँग खुलेर रोमान्सस गररै चर्चामा आउने गरेका छन् ।

तर उनको जीबनकै फरक र रोचक कुरा के छ भने  उनले अहिलेसम्म फिल्ममा चुम्बनको दृश्य दिएका छैनन् । उनले यो कुरा फिल्म गर्दा नै ‘नो किस’ भन्ने शर्त राखेका हुन्छन् ।

किनभने उनले फिल्मको पर्दामा चुम्बनको दृश्य दिनु राम्रो होइन भन्ने मान्यता राखेर किस सिन नदिएको बताइन्छ । त्यसैले उनका सबै फिल्ममा चुम्बनको दृश्य देखिदैन् ।

 

तपाईको प्रतिक्रिया