२० फागुन, मिकाइल आलम इनरुवा । ठुलो परिणाममा लागु औषध सहित सुनसरीको हरिपुर १ बाट प्रहरीले दुईजना लाई पक्राउ गरेको छ । बिहीबार करिब ११ बजेको समयमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको अवस्था सुनसरीको सीमावर्ती क्षेत्र हरिपुरबाट ठुलो परिणाममा लागु औषध सहित दुई जनालाई पक्राउ गरिएको सीमा सशस्त्र प्रहरी बल हरिपुर भाणटावारीका प्रमुख मुकुन्द जीसीले बताएका छन् ।

जीसीका अनुसार रातीको समयमा भारतीय बजारबाट नेपाली नम्बरको मोटरसाइकलमा ल्याउदै गरेको अवस्था सीमा सशस्त्र प्रहरी बल हरिपुरको प्रहरी टोलिले ठुलो परिणाममा लागु औषध सहित दुई लागु औषध कारोबारी लाई पक्राउ गरिएको जानकारी दिए । जीसीले लागु औषध सहित पक्राउ गरिएको साथ बाट क्यापसुल १४४० पीस सहित ३ थान सामसुङ कम्पनीको मोबाइल र नगद रु ६१ हजार ७ सय रुपैया बरामद भएको बताए । बिहीवार राती लागु औषध सहित पक्राउ गरिएका दुई जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ भने यस बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया