chathकाठमाडौ । मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यस वर्षको छठ पर्व समापन गरिएको छ ।कात्तिक शुक्ल चौथीका दिन गत आइतबार नुहाइधुवाइ गरेर सात्विक भोजन गर्दै व्रतको सङ्कल्प गरेका व्रतालुले आज पवित्र जलाशयमा बनाइएका घाटमा नुहाएर सूर्यलाई अर्घ दिए ।यसअघि पर्वको दोस्रो दिन पञ्चमीका दिन व्रतालुले दिनभरि निर्जला व्रत बसेर पञ्चमी तिथि सकिनु चार घडीअघि सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि गरेका थिए ।त्यसैगरी मङ्गलबार षष्ठी तिथिका दिन निराहार व्रत बस्दै साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिएका व्रतालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चारदिने पर्व सम्पन्न गरेका हुन् ।व्रत समापनसँगै मिथिला क्षेत्रका घरघरमा अघ्र्य दिँदा सूर्यलाई देखाइएका ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार र केरासहितका फल प्रसादस्वरुप खाने खुवाउने क्रम चलेको छ ।मिथिलामा लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको यो व्रतको प्रभावले सन्तान सुख प्राप्त हुने, चर्मरोग निको हुने र मनोवाञ्छित कामना पूरा हुने जनविश्वास छ ।यसपालि पर्व समापन गरेका व्रतालुले भने मुलुकमा जारी अशान्त वातावरण चाँडै टुङ्गियोस् भन्ने कामना गरेका छन्  । व्रतालु महिलाले बिहानै जलाशयमा प्रवेश गरेर छठीमाताको पूजापाठ गरी प्रसादका रुपमा रहेको ठेकुवा, केरा, मिठाइ लगायत सामग्री अघ्र्यका रुपमा उदाउँदो सूर्यलाई अर्पण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया