२१ फागुन, काठमाडौँ। बौद्धबाट केही दिनअघि अपहरणमा परेका व्यक्तिलाई छुटाउन पुगेको प्रहरी टोली र अपहरणकारीको समूहबीच काठमाडौँको स्वयम्भूमा गोली हानाहान भएको छ । अपहरण गरिएकाहरुलाई मागिएको ६ लाख रुपैयाँ फिरौती पीडित पक्षले बुझाइरहेका बेला महानगरीय प्रहरी अपराध महाशाखाको टोली घेरा हाल्ने क्रममा गोली हानाहान भएको हो ।

अपहरणकारीको तर्फबाट गोली चलाइएपछि प्रतिकार गरिएको महाशाखाले जनाएको छ । त्यसक्रममा एकथान पेस्तोलसहित अपहरणमा संलग्न दुर्गा तामाङलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले उनको घुँडा भन्दा मुनि गोली हानेको छ । तामाङको साथबाट पेस्तोलसहित तीनथान गोली पनि बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया