अमर काफ्ले इनरुवा
थारु समूदायका युवाहरुले रक्तदान गरी आपसी सद्भाव र वन्धुत्वको भाव दर्शाएका छन् ।
सुनसरीको इनरुवा ९ बलाहामा थारु कल्याणकारिणी सभा इनरुवा नगर कमिटीले आयोजना गरेको कार्यक्रममा स्थानीय युवा लगायतकाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रम मार्फत ५५ पिन्ट रगत जम्मा भएको आयोजकले बताएको छ ।
रक्तदान सँगै थारु नगर कमिटीले औपचारिक कार्यक्रमको समेत आयोजना गरेको थियो । नगर कमिटी अध्यक्ष महीनारायण चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रिय अध्यक्ष नरेन्द्र कुमार चौधरी, पूर्व जिल्ला अध्यक्ष राजाराम चौधरी, काँग्रेस सभापति राजिब कोइराला, मधेशी नेता एसएन मेहता, समाजसेवी गोपाल कोइराला लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमका वक्ताहरुले तराई मधेश क्षेत्रमा जारी आन्दोलनलाई बेलैमा सम्बोधन गरिनुपर्ने धारणा राखेका थिए । सहभागिहरुले आपसी सद्भवा र भाइचारा कायम गर्न रक्तदान कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया